दफा १०
विवरणमा हेरफेर गर्नु परेमा स्वीकृति लिनु पर्ने
- फर्म दर्ता गर्दा दफा ६ बमोजिम पेश गरेको दरखास्त र कबुलियतको विवरणमा कुनै हेरफेर गर्नु परेमा सो कुरा जनाई सम्वन्धित विभागमा दरखास्त दिनु पर्नेछ र सम्वन्धित विभागबाट स्वीकृति प्राप्त भएपछि मात्र सो विवरण हेरफेर गर्न सकिन्छ ।